अधबैंशे महिला | : | प्रिय, मैले तपाईंलाई पैसा पठाएको छु! म तपाईंलाई कहिले भेट्न सक्छु? |
---|---|---|
अधबैंशे पुरूष | : | म जमानत तिर्छु। मलाई गिरफ्तार नगर्नुहोस्! |
युवा | : | लगानीमा तत्काल प्रतिफल चाहनुहुन्छ? यस भित्र जान निश्चित हुनुहोस्! |
स्टोर प्रबन्धक | : | मैले तिनीहरूलाई जगाउनुपर्छ। म तिमीलाई प्रेम गर्छु। मलाई तपाईंको पैसा दिनुहोस्! म कानून प्रवर्तक हुँ। आफ्नो जमानत तिर्नुहोस्! यो हाइ यिल्ड उत्पादनमा बाजी लगाउनुहोस्! |
अधबैंशे महिला, अधबैंशे पुरूष, युवा | : | तपाईंलाई कसले विश्वास गर्ने? |
स्टोर प्रबन्धक | : | त्यहि त! जव तपाईंलाई कुनै वास्तविक व्यक्तिले भन्छ, तपाईंले “नाइँ” भन्नुहुन्छ, फोन गर्ने व्यक्तिलाई तपाईंले किन भरोसा गर्ने? टेलिकम नेटवर्कले हामीलाई जोड्दछ, तर यसलाई ठगहरू तपाईंलाई पुग्न प्रयोग गर्न पनि सक्दछन् । |
सुपरस्क्रिप्ट | : | शंकास्पद कलको उत्पत्ति, संदिग्ध ठगी नम्बर, असामान्य कल ढाँचा |
स्टोर प्रबन्धक | : | सञ्चार प्राधिकरणले यस्ता कपटविरुद्ध लड्न उपायहरू लिएको भएपनि, ठगहरूसँग सधैं नयाँ चालहरू हुन्छन्। |
अधबैंशे पुरूष | : | त्यसो भए हामीले के गर्न सक्छौं? अब कहिल्यै कल नउठाउने? |
स्टोर प्रबन्धक | : | ठगी वा दुख दिने कलहरू घटाउन टेलिकम सेवा प्रदायकहरूले प्रदान गर्ने कल-फिल्टरिङ सेवा वा बजारमा रहेका कल-फिल्टरिङ अनुप्रयोगहरू प्रयोग गर्नुहोस्। |
अधबैंशे महिला | : | फेरि कल गर्नुहोस्। मैले के गर्नुपर्छ? |
स्टोर प्रबन्धक | : | सदैव सतर्क रहनुहोस्। कुनै अपरिचित व्यक्तिलाई व्यक्तिगत जानकारी खुलासा नगर्नुहोस् वा यत्तिकै पैसा नपठाउनुहोस् । |
सुपरस्क्रिप्ट | : | सचेत रहनुहोस् र फोनबाट हुने ठगीको चालबाट सावधान रहनुहोस् |