नाटककी महिला नेता | : | यो वास्तविक हो? |
---|---|---|
निर्देशक | : | (स्क्रिन-बाहिर कुरा गर्दै) कट! |
नाटककी महिला नेता | : | मैले यो उठाउनु पर्छ? यो स्क्याम कल हो? |
नाटकका पुरुष नेता | : | सुरुमा “2” वा “3” भएका नम्बरहरू स्थिर-लाइनका नम्बरहरू हुन्, जबकी सुरुमा “4” वा “9” भएका नम्बरहरू मोबाइल नम्बरहरू हुन् जुन संस्था भन्दा पनि व्यक्तिहरूले प्रयोग गर्छन्। |
सुपरस्क्रिप्ट | : |
「2」 「3」 ल्यान्डलाइन सेवाहरू 4, 5, 6, 7, 8, 9 व्यक्तिगत प्रयोगकर्ताहरू |
निर्देशक | : |
प्रयोगकर्ताको सचेतना बढाउन टेलिकम सेवा प्रदायकहरूले अब भर्खरै सक्रिय गरिएका प्रि-पेड सिम कार्डहरूबाट गरिने सबै स्थानीय कलहरू उठाउनुअघि भ्वाइस अलर्ट पठाउने छन्: |
भ्वाइस अलर्ट | : | “नयाँ प्रि-पेड सिम कार्डबाट गरिएको कल” |
सुपरस्क्रिप्ट | : | “नयाँ प्रि-पेड सिम कार्डबाट गरिएको कल” |
स्क्यामर | : | यो सरकारले गरेको कल हो... |
निर्देशक | : |
(स्क्रिन-बाहिर कुरा गर्दै) कट! त्यो को हो रे? |
चिया ल्याउने महिला | : |
निर्देशक, यो तपाईंको हो! विदेशबाट आएका सुरुमा “+852” भएका कलहरूका लागि, तपाईं जडान हुनुअघि स्क्यामहरूबाट बचाउनमा मद्दत गर्नका लागि टेलिकम सेवा प्रदायकहरूबाट भ्वाइस वा टेक्स्ट प्राप्त गर्नु हुने छ। |
निर्देशक | : |
कुनै पनि अवस्थामा सामान्यतया अज्ञात कलरहरूबाट आएका कलहरू नउठाउनुहोस्। आफ्नो व्यक्तिगत जानकारी कहिल्यै पनि नदिनुहोस् वा उनीहरूलाई रकम ट्रान्सफर नगर्नुहोस्। ठीक छ! स्ट्यान्ड बाइ रहनुहोस्! |
CommBo | : | अलर्टहरूमा ध्यान दिनुहोस्। शङ्कास्पद कलहरूमा सावधान हुनुहोस्! |
सुपरस्क्रिप्ट | : | अलर्टहरूमा ध्यान दिनुहोस् शङ्कास्पद कलहरूमा सावधान हुनुहोस् |